Tuesday, May 6, 2014

मुहार फेर्दे फाप्ला

sijuwa मुहार फेर्दे फाप्ला Published on: 2014, May 06 ,1:14 AM यज्ञराज जोशी (क्रिकेट फारवेष्ट) धनगढी फागुन २२ गते । 88 87 1 0 0 0 फाप्ला क्रिकेट मैदान, केही समय अघि सम्म गुमनाम जस्तै । धनगढी बाहेकका अन्य स्थानमा खासै कमैले मात्र यो नाम सुनेका थिए होलान । अहिले मैदानले एक्कासी देशव्यापी चर्चा पाएको छ । कसैले पनि सोचेको थिएन यसले एक्कासी देश व्यापी चर्चा पाउला भनेर । फाप्लाको बिगत भने निकै दर्दनाक थियो । स्थानियका गाई भैसी चराउने मैदानका रुपमा प्रयोगमा आउथ्यो यो मैदान । मैदान कै विच बिचमा भैसी आल खेल्ने ठुलठुला खाल्डा थिए यहाँ । मैदान भरि कुरो (झार) उम्रिएको हुन्थो । अनि फुर्सद भएका बेला स्थानिय युवाहरु फुटबल खेल्न त्यहाँ जान्थे त्यसैले फुटबल मैदानका रुपमा बढी चिनिन्थो । नजिकै समुदायिक बन भएकाले बनकै एउटा खाली जमिन मात्रमा सिमित थियो यसको अस्तित्व । तर हाल यसको मुहार फेरिएको छ । बहुप्रतिक्षित नेपाल प्रिमियर लिग, क्रिकेटको राजधानी मानिने धनगढीमा हुने भएपछि त्यही गुमनाम रहेको फाप्लाले एक्कासी आफ्नो परिचय बदलेको हो । धनगढीबाट सुरु हुने लिगका खेलहरु यही फाप्ला मैदानमा खेलाईने भए पछि सवैको नजर यस मैदानमा परेको हो । अनि धेरैका मनमा मैदान बारे विभिन्न जिज्ञासा उठान थालेका छन । एनपीएल धनगढीमा हुने भएसँगै परिचय बृहत बन्दै गएको फाप्लाको हाल स्वरुपमा पुरै फेरबदल भएको छ । धनगढी चौराहाबाट झण्डै २ किलोमिटर उत्तरतर्फ पर्ने फाप्लामा हाल सवैको नजर अडिएको छ । निर्माणाधिन रहेको मैदान हेर्न मात्रै दैनिक मानिसहरुको उपस्थित बाक्लिदै गएको अनुभव स्थानियले गरेका छन । धनगढीमा हुने जुनसुकै क्रिकेट प्रतियोगिताहरु फाप्लामा नै आयोजना गरिन्छन । फाप्लाअघि धनगढीमा हुने प्रतियोगिता स्थानिय धनगढी रंगशालामा सम्पन्न गरिन्थ्यो । रंगशाला त्यती बेला क्रिकेटका लागि सवैभन्दा उपयुक्र्त मैदान पनि मानिन्थ्यो । छठौ राष्ट्यि खेलकुद प्रतियोगिताबाट रंगशालालाई विशेषत फुटबल मैदानका रुपमा निर्माण गरियो, जसले त्यहाँ क्रिकेटको मैदान मासियो । त्यससँगै धनगढीमा क्रिकेट मैदानको अभाव देखिन थालिएको थियो । विकल्पमा रंगशालाको अभाव अञ्चल प्रहरी कार्यालय कैलालीको खेल मैदानले पुर्ती गर्न थाल्यो । धनगढी बजारको बिच भागमा रहेको सो मैदान उपयुक्र्त र सवैका लागि पायक पर्ने ठाउँमा समेत रहेको थियो । तर सो खेल मैदान प्रहरीको घेराभित्र भएकाले पनि मैदानको स्वीकृती पाउन त्यतीबेला त्यती सहज भने थिएन । एसपीए कपको आयोजनाका लागि पनि सो मैदानको स्वीकृती पाउन उतिवेला निकै सघर्ष गर्नु परेको अनुभव आयोजकसँग रहेको छ । धनगढीमा क्रिकेट प्रतियोगिताहरु एक पछि अर्को गर्दै हुन थाले पछि यहाँ क्रिकेट मैदानको अभाव सवैलाई खड्किसकेको थियो । त्यती नै वेला धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीका नजरमा फाप्ला मैदान पर्यो र उनले मैदानलाई क्रिकेट मैदानको रुपमा विकाश गर्न सकिने सोच अगाढी बढाए । उनको त्यो सोच नै उजाड रहेको फाप्लालाई राष्ट्यि स्तरको मैदानका रुपमा स्थापित गर्न मदत पुगेको हो । सर्वप्रथम फाप्लालाई क्रिकेट मैदानका रुपमा परिचित गराउने काम धनगढी क्रिकेट एकेडेमीले गरेको हो । धनगढीमा क्रिकेट मैदानको अभाव देखिएसँगै बैकल्पिक मैदानका रुपमा फाप्लालाई धनगढी क्रिकेट एकेडेमीले धनगढी क्रिकेट लिगको आयोजनाका लागि प्रयोगमा ल्याएको थियो । पहिलो पल्ट क्रिकेट मैदानको नाम पाउन थालेको फाप्लाको स्थिती भने क्रिकेटका लागि उपर्युक्त थिएन । बिच बिचमा खाल्डा थिए, जताततै झारपात थियो । अनि मैदान पनि मिलेको थिए । मैदानमा सम्भावना देखेका शाहीले व्यक्तिगत खर्चमा मैदान निमार्णका लागि आवश्यक सामाग्रीहरु, उपकरणहरु जुटाएको आफैले मैदान समेत सफा गरेको अझै सम्झन्छन । त्यस पश्चात मात्र मैदानले क्रिकेट मैदानको स्वरुप प्राप्त गरेको हो । धनगढी लिगको पहिलो संस्करणमा पहिलो पल्ट क्रिकेट मैदानको नाम पाएको फाप्लाले विस्तारै सञ्चार माध्यममा स्थान पाउन थाल्यो । तर फाप्लालाई सवैका सामु परिचित गराउने काम भने सोही लिगले गरेको हो । हाल फाप्लामा लिगको दोस्रो संस्करण चलिरहेको छ । दोस्रो संस्करण चलिरहदा एनपीएलका खेलहरु यही मैदानमा हुने भने पछि तत्काललाई धनगढी लिगलाई रोकि मैदान निर्माणको कार्य धमाधम थालिएको छ । हाल मैदान लेबलिंगको कार्य भैरहेको छ । मैदानलाई अन्तराष्ट्रिय बनाउन कुनै कसुर बाकी नराखिने शाहीको प्रतिवद्धतासँगै मैदान निर्माण धमाधम भईरहेको हो । मैदानसम्म पुग्न सजिलो होस भन्ने उद्येश्यले यस अघि नै नगरबस सञ्चालनमा ल्याई स्थानिय निकायले प्रतिबद्धता गरेका छन । धनगढीमा एनपीएल लिगको आयोजनाको मुख्य जिम्मेवारी पाउनु भएका धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले जिम्मेवारी पाएको दोस्रो दिनबाट नै मैदानमा प्रत्यक्ष आफै सक्रिय भएर मैदान निर्माण कार्य सम्पन्न गर्न जुटिरहनु भएको छ । उनको यस सक्रियताले मैदान निर्माणको कार्य केही दिनमा सम्पन्न हुने लगभग निश्चित छ । क्रिकेट खेलका लागि मैदान पहिलो शर्त हो । जुनसुकै स्थानमा पनि राष्ट्यि तथा अन्तराष्ट्यि स्तरको प्रतियोगिता आयोजना सम्पन्न गर्न सवैभन्दा पहिले त्यहाँ मैदान छ छैन वा कस्तो छ, भनि हेरिन्छ त्यस पछि मात्र त्यहाँ प्रतियोगिता आयोजना गर्ने नगर्ने निश्चित हुन्छ । नेपालमा धेरै अन्तराष्ट्यि प्रतियोगिता हुन नसक्नुको प्रमुख कारण पनि मैदानको अभाव नै हो । भएका केही मैदानहरु पनि काठमाण्डौमा मात्र सिमित भईदिदा त्यस बाहिरका जिल्लाहरुले अन्तराष्ट्यि स्तरका प्रतियोगिता आयोजना पाएका छैनन । काठमाण्डौ बाहिर मैदानको अभावले राष्ट्यि लिगहरु सञ्चालनमा समेत अप्ठारो पर्दै हुदै आएको छ । फाप्लालाई बैकल्पिक क्रिकेट मैदानको रुपमा स्थापित गर्न सकिएान त्यही अप्ठारो स्थितीलाई सहज बनाउन सकिने छ । यहाँका स्थानिय त्यही काममा जुटेका पनि छन अहिले । उनीको यो सह्रायिन कामको सवैबाट साथ समर्थन पनि त्यतिकै आवश्यक पनि छ । सवैभन्दा बढी त देशमा क्रिकेट विकाशको जिम्मा पाएको नेपाल क्रिकेट संघले यसमा पहल गर्नु पर्ने हो तर क्यान यहाँका लागि आकाशको फल जस्तै छ । जसले यहाँको क्रिकेट विकाशका लागि कुनै कदम चालेको देखिदैन । क्रिकेट मैदान निर्माणमा जुटेका यहाँका स्थानियहरुले क्यानलाई चुनौती दिएका छन । तर पनि क्यानलाई कुनैपनि मतलब छैन । जबकी राष्ट्यि तथा अन्तराष्ट्यि प्रतियोगिताहरुको लागि यस क्षेत्रले थुप्रै खेलाडीहरु समेत उत्पादन गरिसकेको छ । विगतमा भएको मैदान अभावलाई भने फाप्लाको निर्माणले पुरा गरिदिने छ । त्यससँगै यहाँबाट थुप्रै अन्तराष््िटय खेलाडीहरु उत्पादन हुनेमा कसैको दुईमत नरहला। जय नेपाल जय नेपाली क्रिकेट ।

No comments:

Post a Comment